Monday, April 26, 2010

शनिबारदेखिको आन्दोलनले जनविद्रोहको रुप लेला?


काठमाडौमा केहिको चर्चा छ भने त्यो-मे १ को मजदुर दिवसका दिनबाट शुरु हुने एकिकृत माओवादिको अनिश्चितकालिन अान्दोलनको छ । अखबारका सम्पादकहरुदेखि सडक किनारका च्या पसलहरुमा मान्छेहरु टिकाटिप्पणीमा ब्यस्त छन । सडकमा ब्यापक प्रहरि परिचालन शुरु भैसकेको छ । म सधै हिँड्ने लाजिम्पाट सडक खण्डमा आज सवारि नहुँदापनि प्रसस्त सशस्त्र र जनपद प्रहरिहरु तैनाथ देखिय । काठमाडौका सडकहरुमा महिनौँपछि यति धेरै सुरक्षाकर्मि तैनाथ देखियका हुन । आम मान्छेहरुमा त्राश छायको छ । ‘अब के होला ?’ यो प्रश्न जताततै ब्याप्त छ । उत्तर कसैसँग सायदै होला । परिणाम गर्भमा छ ।
बिगतमा जस्तै एकिकृत माओवादिले आन्दोलन घोषणा गरेर फिर्ता लियन भने अनिस्चितकालिन आन्दोलनले जनबिद्रोहको रुप लिने मेरो बिश्लेषण छ । मैले यहाँ उठाउन खोजेको बिषय, के देशले जनबिद्रोह मागेको छ त ? भन्ने हो । पानि, बत्ति, स्वच्छ हावाको समेत अभाव झेलिरहेका नेपालिहरुको जीवन बाहिरबाट हेरेजस्तो सहज छैन । निराशा हरेकतिर ब्याप्त छ । अखबारका फ्रण्ट पेजहरु राजनितिक आरोप-प्रत्यारोपले भरियका छन । भर्खरै आयका नयाँ अमेरिकि दुतले प्रचण्डलाइ भेटेर ‘प्रतिपक्ष्यसँग सर्त राख्ने सरकार त मैले देखेको थिइन’ भन्छन, माधवकुमारलाइ भेटेर माओवादिले आफनो ब्यवहार सुधार्नुपर्ने बताउँछन । माधवकुमारलाइ दोष दिनु ब्यवहारिक देखिँदैन, उदघाटन, शिलान्यास र बृक्षारोपणबाट फुर्सद पाय न उनि केहि गरुन ? सुर्यबहादुरदेखि, प्रचण्ड र गगन थापाहरु ‘सहमतिको बिकल्प छैन’ रट लगाइरहेका छन । सहमतिको परिभाषा आफनो अनुकुल बनाइन्छ यहाँ । माओवादि सहमति कुर्सि पाउनुलाइ मान्छ भने, माधवकुमार पद छाड्नेबाहेकको सहमति गर्न चाहन्छन । सडक छेउ बदाम बेचिरहेका नागरिकहरु देशको ढुकुटि सिध्याउने डाँकाहरुको सवारि हुँदा उडेको धुलोले ढाकिन्छन । बिद्यालयहरु बन्द छन । धारामा पानि आउँदैन । नेपाल टेलिकम होस या बिद्युत प्राधिकरण, सेवा नदिइ उपभोक्ताको ढाड सेकिरहेका छन । हरेक तिर ठगि छ । पहाडे र मधेसिभन्दै सदभाव खल्बल्याउने लोभि मन्त्रि तराइमा रथयात्रा गर्दैछन। परराष्ट्रमन्त्रि र उपप्रधानमन्त्रि स्वयं यो सरकार निकम्मा छ भन्दै रिपोर्टर क्लबको पुतलिसडकस्थित पसलमा कुर्लिरहेका छन । सरकार भनेको के हो ? तिनिहरु सरकार होइनन र ? सरकार निकम्मा छ भन्ने लाग्छ भने, राजिनामा दिने आँट किन देखाउँदैनन ?मन्त्रिको सङख्या यति छ कि, जनताहरु मन्त्रि चिन्दैनन । अधिकांश राज्य, सहायक मन्त्रि र सचिवहरु बिदेश सयरमा छन । नेपालमा भयकाहरु उदघाटन र पार्टि मिटिङहरुमा ब्यस्त छन । यहाँका अर्थमन्त्रि कवितासंग्रह बिमोचन कार्यक्रमको प्रमुख अतिथि हुन्छन । मानौ अर्थसम्बन्धि कामहरु देशमा बाँकि नै छैनन । प्रधानमन्त्रि कैंचि गोजिमा बोकेर हिँ्डछन ताकि सक्दो बढि उदघाटन गरेर जनतालाइ राहत दिन सकियोस ।
जुन तन्त्र आयपनि उनै अनुहारहरु हावि छन सत्तामा । जसका र जुन प्रवृत्तिका बिरुद्वमा आन्दोलन गरियो तिनैले शासन गरिरहेको स्थिति छ । आर्थिक संकटकाल घोषणा मात्र नगरियको अवश्था छ । उपभोग्य बस्तुहरुको भाउ छोइनसक्नु छ । सभामुख बैठक सारेको घोषणामै ब्यस्त छन । संविधानसभा हल अपहेलित छ । ६०१ डाँकाहरु त्यहाँ उपस्थित हुनै खोज्दैनन । कसैको घरमा चोरि गर्ने नैतिकताहिन मान्छेलाइ डाँकाको उपाधि दिइन्छ, देशको कमजोर ढुकुटिबाट संविधान बनाउँछौ भनि पारिश्रमिक र भत्ता लियर संविधानको ‘स’ उच्चारण गर्न नखोज्नेहरु डाँका होइनन त ? खोक्रा आदर्शका कुरा गरेर, लेखेर ‘इन्टेलेक्चुअल’ बर्गमा त परियला तर आममान्छेहरु खरो र ठेट बुझ्छन ।
मुल्य नतिरि पाइयको बस्तुको महत्व हुँदैन । ज्ञानेन्द्रका रुपमा नेपाली जनता एकजनाबाट शासित थिय तर उनले हात उठायपछि हामि ६०१ स्यालहरुबाट शासित हुन बाध्य छौँ । लोकतन्त्र या गणतन्त्र जे सुकै भन्नुहोस, नेपालले बास्तविक परिवर्तनका लागि मुल्य चुकाइसकेको छैन । गणतन्त्र सहजै आयको दलहरुले भन्दा ज्ञानेन्द्रले सजिलै नारायणहिटि छाडेर हो । उनले देशमा रक्तपात हुनबाट त जोगाय तर २२ थरि दलका पचासौँ दर्जन नेताले यसलाइ आ-आफनो अनुकुल अनुसार परिभाषित गरे । इतिहासले सबैको भुमिकाको मुल्याङकन गर्नेछ ।
देशले, कुनै ब्यक्ति बिशेषको अवसान या उत्थानको लागि भन्दा पनि अहिलेसम्म दोहोरिँदैआयका प्रबृत्तिका बिरुद्वमा जनबिद्रोह खोजेको छ । आमुल परिवर्तनका लागि मुल्य मागेको छ । प्रजातन्त्र या गणतन्त्र अपेक्षितरुपमा कम जनधनको क्षतिसहित आयका थिय भलै ति नाममात्रका किन नहुन तर अबको परिवर्तनले चर्को मुल्य लिनेछ । आइतबारबाट शुरु हुने आन्दोलनले जनबिद्रोहको रुप लिनसक्ने ‘ग्राउण्ड रियालिटि’ मैले देखेको छु । देशको राजनितिमा अब के होला भनेर भविष्यवाणि गर्ने राजनितिक पण्डितहरुभन्दा कहिलेकाँहि आम मान्छेको बिश्लेषण सहि हुनपनि सक्छ । संविधानसभाको निर्वाचन र परिणाममा ति प्रमाणित भैसकेका छन ।
अबका सम्भावनाहरु:
-माओवादिले आन्दोलन फिर्ता लिनेछैन ।
-शुरुमा आन्दोलन शान्तिपुर्ण हुनेछ, घुसपैठको प्रवेशसँगै भिडन्तमा परिणत हुने सम्भावना नकार्न सकिन्न । यसपालि माओवादिहरु तयारि अवस्थामा छन । भिडन्त भयमा धेरै मान्छे मर्नेछन । सरकारपनि सहमतिभन्दा बल प्रयोग गरेर तह लगाउनेतिर छ ।
-एउटा फरक के हुनसक्छ यसपालि भने, बिगतमा जस्तो जनताका छोराछोरिमात्र मर्नेछैनन, सत्तारुढ दलका केन्द्रिय स्तरका नेताहरुपनि मारिनेछन । शुरुमा माओवादि कार्यकर्तामात्र भयपनि जनतामा रहेको चरम नैराश्यता र बर्तमान सरकारप्रतिको
बितृष्णालाइ माओवादिले शक्तिमा परिणत गर्नेछन । परिणामत: जन सहभागिता नचाहेरैपनि बढनेछ । राष्ट्रिय राजनितिमा चलखेल गर्ने प्रभावशालिहरुको मृत्युसँगै आजसम्म चलिआयको राजनितिक समिकरणको अन्त्य हुनेछ । भर्खरैको किर्गिस्तान बिद्रोह
नेपालमा दोहोरिने सम्भावना छ । यस्तो भयमा केहि राजनितिक खेलाडिहरुको राजनितिक क्यारियरमात्र होइन, ति भौतिक रुपमै सकिने सम्भावना छ ।
-नेपालमा रहेको ‘एलिट’ बर्गले नचाहेरैपनि र माओवादि उत्तम बिकल्प नरहेको अवश्थामा पनि, तिब्र निराशित नेपालिहरुको ठुलो हिस्सा माओवादिको आन्दोलनको छाताभित्र आउनेछ । ‘एण्टि इण्डियानिज्म’ लाइ साँचो राष्ट्रियता ठान्ने नेपाली समाजको त्यो
बर्ग जो सामान्यत: माओवादिप्रति अनुदार मानिन्छ तर बर्तमान सरकारले कुख्याति कमायको पासपोर्ट काण्डले ति आन्दोलनको पक्षमा उभिनेछन । सम्भवत: माओवादिले बिद्रोहको सम्भावना देखेर नै पासपोर्ट काण्डमा भारतसँग जुध्ने आँट गरेको थियो ।
-सर्सर्ति हेर्दा मुठभेडको सम्भावना प्रवल देखिन्छ । नाममात्रैको सहमतिको समय गैसक्यो । परिवर्तनका निम्ति मुल्य चुकाउनै पर्ने समय आयको छ ।
-संविधान नबन्ने अवश्था र दलहरुबिच सहमतिको सम्भावना नदेखियको बर्तमान समयमा आउँदो आन्दोलन जनबिद्रोहमा परिणत हुने थुप्रै आधारहरु देखियका छन, यदि यस्तो भयमा यो जनबिद्रोह नेपालि इतिहासमा पहिलो यसप्रकारको बिद्रोह हुनेछ जहाँ
चर्को रक्तपात हुने सम्भावना छ ।
-जसका या जुन प्रबृत्तिका बिरुद्वमा आन्दोलन/बिद्रोह गरेका हुन उनैसँग बिचैमा सम्झौता भयन भने परिवर्तन निश्चित छ ।
आन्दोलनमा करोडौ नेपालिको सहभागिता हुनेछ भन्ने माओवादि र आन्दोलन त शुरु गर तिमिहरुको हैसियत देखिनेछ भन्ने दुबैखाले अति को यथार्थ हेर्न बैशाख १८ सम्म पर्खनै पर्ला तर काठमाडौको अनिश्चित मौसमले भयानक जनबिद्रोहतर्फ इंगित गरिसकेको छ ।
आन्दोलन या बिद्रोह कसैले चाहेर शुरु हुने होइनन । समयको माग रहेनछ भने ति सेलायर जानेछन । माधव नेपालको थेगो ‘बर्तमान परिपेक्ष्यमा’ सापटि लियर भन्नुपर्दा आन्दोलनको बिकल्प छैन, जुन जनबिद्रोहमा परिणत हुनसक्नेछ आमुल परिवर्तनका निम्ति ।
सबैको मंगल होस ।

No comments:

Post a Comment